राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्दैगर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राई सरकार सुशासनको जगमा बनेको दाबी गरिए पनि व्यवहारमा संसदीय उत्तरदायित्व, मानवअधिकार, लगानीको वातावरण, कूटनीति र विधिको शासनका सवालमा चुकेको बताउँछन् । सरकारले राम्रो काम गर्दा कांग्रेसले सहयोग गरेका र गलत बाटोमा जाँदा खबरदारी गरेर प्रतिपक्षको जिम्मेवारी निर्वाह गरिरहेको सचेतक राईको भनाइ छ । सरकारको सय दिन, संसद्प्रतिको दृष्टिकोण, सुकुम्बासी व्यवस्थापन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतिपक्षको भूमिका र सत्तारुढ दलको आन्तरिक लोकतन्त्रबारे राईसँग अनलाइनखबरकर्मी केशव सावदले गरेको कुराकानीको सम्पादित अंश :
‘सरकार संसद्प्रति उत्तरदायी देखिएन, निरंकुशतातिर धकेलिने संशय छ’

